You are viewing the translated version of विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा वस्तु लैजाने सुविधा.
Section 12
विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा वस्तु लैजाने सुविधा
(१) विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदेशी मुलुकमा वस्तु लैजाने प्रयोजनका लागि प्रयोग हुने भन्सार कार्यालय विभागले तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम विदेशी मुलुकमा वस्तु लैजान चाहने वस्तु धनीले वस्तुको साथमा: विभागले निर्धारण गरेको ढाँचामा चार प्रति फाराम र प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त फाराम र प्रज्ञापनपत्र उपर आवश्यक जाँचबुझ. गर्दा सम्बन्धित भन्सार कार्यालयले प्रतिबन्धित वस्तु -भएको नदेखिएमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको सेवा शुल्क लिई वस्तु रहेको बन्द कन्टेनरमा सील लगाई प्राप्त फाराम प्रमाणित गरी एक प्रति फाराम वस्तु धनीलाई दिई एक प्रति फाराम अभिलेखको लागि आफ्नो कार्यालयमा राखी दुई प्रति फाराम निकासी गर्ने भन्सार कार्यालयमा पठाई पन्ध्र दिनसम्मको बाटाको म्याद दिई नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा लैजान अनुमति दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम विदेशी मुलुकमा लैजान अनुमति दिइएको वस्तु निकासी हुने भन्सार कार्यालयमा प्राप्त हुन आएमा सो कार्यालयले उपनियम (२) बमोजिमको फाराम प्रमाणित_गरी त्यस्तो वस्तु निकासी गर्न अनुमति दिनेछ र सो फारामको एक प्रति पैठारी गर्ने भन्सार कार्यालयमा पठाउनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा निर्धारित अवधिभित्र: लैजान नसकेमा सोको कारण खुलाई निकासी गर्ने अवधि थप गर्न वस्तु धनीले विभागमा निवेदन दिन सक्नेछ। . त्यसरी प्राप्त निवेदन उपर जाँचबुझ गर्दा कारण मनासिब लागेमा विभागले मनासिब अवधि थप गरिदिन सक्नेछ।
(६) उपनियम (३) बमोजिम विदेशी मुलुकमा लैजान अनुमति दिइएको वस्तु निर्धारित समयभित्र विदेशी मुलुकमा निकासी नगरी नेपालभित्रै बिक्री वा उपयोग गरेमा त्यस्तो वस्तुमा लाग्ने महसुल र शतप्रतिशत .थप महसुल समेत वस्तु धनीबाट असुल गरिनेछ।
(७) यस नियम बमोजिम विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा वस्तु लैजाँदा बन्द कन्टेनरको प्रयोग गर्नु पर्नेछ।